२७ जेठ २०८३, बुधबार

विमलाको हत्यारा पत्ता लगाउन तथ्य नजिक पुगेको प्रहरीको दावी

असार २९, २०७८
विमलाको हत्यारा पत्ता लगाउन तथ्य नजिक पुगेको प्रहरीको दावी

उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा तथ्य नजिक प्रहरी पुगेको छ ।

हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक महेन्द्र श्रेष्ठले जानकारी दिए। 

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली कार्यालय परिसरमै मृत फेला परेका थिए। उनी उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यालय सहयोगी पदमा केही समय अघिदेखि काम गर्दै आएका थिए । 

जिल्ला प्रहरी कार्यालय इलामले बिहानैदेखि घटनाका विषयमा अनुसन्धान गरिरहेको थियो । थप अनुसन्धान गर्न धरानबाट कुकुर झिकाएरसमेत अनुसन्धान गरिएको हो ।

कुकुर आउनुअगाडि नै प्रहरीले अभियुक्त पत्ता लगाउन करिब सफल भए पनि कुकुरको अनुसन्धानपछि थप पहिचान र प्रमाण फेला पर्न सक्ने भन्दै भोलिसम्ममा थप अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ । 

यता स्थानीयवासी तथा महिला अधिकारकर्मीले छिटो दोषी सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले घटनाका विषयमा छानबिन चाँडो हुनुपर्ने भन्दै उच्च अदालत अगाडि दबाबस्वरुप नाराबाजीसमेत गरेका थिए ।

अर्धनग्न अवस्थामा फेला परेकी उनी अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला परेका थिए । शव परीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान धरान पठाइनेसमेत बताइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्