३० जेठ २०८३, शनिबार

श्रीमतीलाई दैनिक केरा खुवाउनुहोस्, अनि देख्नुहोस् चमत्कार

कात्तिक २०, २०७४
श्रीमतीलाई दैनिक केरा खुवाउनुहोस्, अनि देख्नुहोस् चमत्कार

हामीले सधैंजसो खाने फलफूलमा केरा पर्छ । त्यसो त केरालाई फलफूलको राजा पनि मानिन्छ ।

मानव शरीरलाई आवश्यक पर्ने पोटासियमका लागि केरा राम्रो स्रोत हो । पोटासियमले रक्तसंचार राम्रो बनाउँछ । साथै मानसिक तनाव पनि कम गर्छ ।

केरा सबैका लागि फाइदाजनक छ । त्यसमा पनि महिलाका लागि त केरा औषधी नै भन्दा पनि हुन्छ । यदि महिलाले दैनिक एक कोसा केरा मात्रै खाने हो भने स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ ।

महिलाले केरा खाँदा के फाइदा हुन्छ त ? यो आलेखमा महिलाले दैनिक केरा खाँदा हुने फाइदाबारे उल्लेख गरिएको छ ।

बाँझोपनाबाट छुटकरा

दैनिक केरा खाँदा महिलाहरुमा हुने बाँझोपनाबाट छुटकरा पाउन सकिन्छ । केरामा पाइने पोटासियम नामक तत्वले बाँझोपटनाबाट छुटकरा पाउन मद्दत गर्छ ।

महिनावारीमा हुने समस्याबाट मुक्ति

खासगरी भिटामिन ‘बी’ र ‘बी ६’को कमीले महिलालाई महिनावारीको बेला विभिन्न समस्या हुन्छन् । उक्त भिटामिनको कमीले महिनावारीका बेला पेट दुख्ने, अत्यधिक रक्रश्राव हुने खतरा हुन्छ । नियमित केरा सेवन गर्दा शरीरले प्रसस्त रुपमा भिटामिन ‘बी ६’ पाउँछ । जसले महिनावारीको समस्याबाट छुटकरा पाइन्छ ।

चम्किलो छाला

फुस्रो छाला भएका महिलाका लागि नियमित केरा सेवन वरदान सावित हुन सक्छ । केरामा पाइने भिटामिन ‘इ’ले छालालाई चम्किलो बनाउँछ । केरा खाँदा छालामा चमक आउनुका साथै चाउरीपनाबाट जोगाउने गर्दछ ।

रक्तअल्पताबाट बचाउँछ

दैनिक रुपमा केरा खाँदा रक्तअल्पताबाट बचिन्छ । केरामा पाइने आइरन र हेमोग्लोविनले रगतको अभाव हुन दिँदैन । साथै केरामा पाइने तत्वले राता राक्तकोष निर्माणमा पनि सहयोग पुर्याउँछ ।

गर्भावस्थामा फाइदा

गर्भवती महिलालाई सबैभन्दा धेरै फोलिक एसिड आवश्यक पर्छ । केरामा पाइने फोलिक एसिडले गर्भावस्थामा महिलालाई धेरै फाइदा पुर्याउँछ ।

स्मरण क्षमतामा विकास

दैनिक रुपमा केरा खाँदा दिमागले काम गर्ने क्षमतामा बृद्धि हुन्छ । केरामा पाइने तत्वले स्मरण शक्ति बढ्ने गर्छ ।

तौल घटाउन सहयोग

केरामा मेटाबोलिजम नामक तत्वको मात्रा बढी हुन्छ । जसले शरीरको तौल घटाउन मद्दत गर्छ ।

डिप्रेसनबाट मुक्ति

केरामा पाइने ट्रिप्टोफेनले मानिसमा सकारात्मक सोचको विकास हुन्छ । केराको नियमित सेवनले डिप्रेसनबाट बचाउँछ ।

अल्छीपनाबाट छुटकरा

केरामा पाइने विभिन्न पोषक तत्वले अल्छीपनालाई दूर गर्छ । काम गर्नु अघि एउटा केरा खाँदा जाँगर बढ्छ । केराले शरीरको तापक्रम पनि नियमित गर्छ । जसकारण केरा खाँदा सीतल भएको महशुष हुन्छ ।

हड्डी बलियो

केरामा पाइने भिटामिनमध्ये क्याल्सियम पनि प्रमुख हो । क्याल्सियमले हड्डीलाई मजवुद बनाउँछ ।

salt training

कमेन्ट गर्नुहोस्