२५ जेठ २०८३, सोमबार

तालिबानले अफगानिस्तानमा शरिया कानून लगाउने, महिला तथा समलिंगीहरू त्रासमा

असार २९, २०७८
तालिबानले अफगानिस्तानमा शरिया कानून लगाउने, महिला तथा समलिंगीहरू त्रासमा

अफगानिस्तानमा आफ्नो नियन्त्रण कठोर बनाउँदै लगेको तालिबानले आफ्नो शासनमा जनताले कठोर कानून पालन गर्नुपर्ने र त्यसो नगर्नेलाई कारवाही गरिने बताएको छ । 

तालिबानी न्यायाधीश गुल रहीमले समलिंगीहरूलाई भयानक मृत्युदण्ड दिइने बताएका छन् । समलिंगी सम्बन्ध राख्ने व्यक्तिमाथि भित्ता लडाएर वा ढुंगाले हानेर मारिने बताएका छन् । 

महिलामाथि पनि कडा प्रतिबन्धको व्यवस्था गरिएको छ । 

चोरी गर्नेहरूको हात र गोडा काटिने पनि उनको भनाइ छ । मध्य अफगानिस्तानमा तालिबान नियन्त्रित इलाकामा महिलाहरूले घरबाहिर निस्कनका लागि अनुमति लिनुपर्नेछ । 

अमेरिका अफगानिस्तानबाट पूरै हटेपछि ताबिलानले देश नियन्त्रणमा लिने र तालिबानले देशमा शरिया कानून लगाउने रहीमले बताए । 

अहिले अफगानिस्तानको ८० प्रतिशत भागमा तालिबानको कब्जा छ । अफगान सेना तालिबानका अगाडि एकदमै कमजोर साबित भएको छ । 

रहीमका अनुसार, महिलाहरूले घरबाहिर निस्कँदा उनीहरूसँग पति, पिता वा दाजुभाइ अनिवार्य हुनुपर्नेछ । महिलाले बाहिर निस्कन अनिवार्य अनुमति लिनुपर्छ । 

उनले बालिकाहरूलाई विद्यालय जाने अनुमति दिने तर विद्यालयमा सबै शिक्षिका मात्र हुनुपर्ने र सबैले हिजाब लगाएको हुनुपर्ने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्