२३ असार २०८३, मंगलबार

शेयर बजारमा दोहोरो अंकको वृद्धि

शेयर बजारमा दोहोरो अंकको वृद्धि

विभिन्न उतारचढावका बाबजुद मंगलवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । 

यस दिन नेप्से परिसूचक १६.३४ अंकले बढ्दै २८७१.०३ विन्दुमा पुगेको छ भने कारोबार रकम ५ अर्ब ५४ करोड रुपैयाँमा सिमित भएको छ। 

मंगलवार सेन्सेटिभ परिसूचक ४.७४ अंकले बढ्दै ५३९.५१ विन्दुमा पुगेको छ । 

कुल २ सय २३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । 

यस दिन कारोबार शुरू भएको समयदेखि नै शेयर बजारमा उतारचढाव रह्यो । घट्दै बढ्दै अन्ततः कारोबारको अन्तिम समयमा नेप्से परिसूचक १६.३४ अंकले बढेको हो , 

यस दिन जीवन बीमाबाहेक अन्य सबै समूहको सूचक बढेको छ ।

मंगलवार सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ३.०८ प्रतिशतले गुमाएका छन् । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले ६.९८ प्रतिशत कमाएको छ । 

कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंकको शेयर ४५ करोड ४७ लाख ४७ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्