१९ असार २०८३, शुक्रबार

ताइवानमा तनाव बढ्न थालेपछि जापान चिन्तित

असार २९, २०७८
ताइवानमा तनाव बढ्न थालेपछि जापान चिन्तित

ताइवानका विषयमा चीन र अमेरिकाबीच तनाव बढ्दै गएपछि जापानले चिन्ता व्यक्त गरेको छ । 

यसले पूर्वी एसियामा शान्ति र स्थिरता खलबल्याउने जापानको भनाइ छ । जापानले रक्षा सम्बन्धी श्वेतपत्र जारी गर्दै यो कुरा बताएको हो । 

यस स्थितिलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने जापानको कथन छ । विशेषगरी प्रविधिको क्षेत्रमा चीन र अमेरिकाको द्वन्द्व बढ्ने देखिन्छ । 

ताइवान नजिक चीनले सैन्य गतिविधि लगातार बढाइरहँदा जापान चिन्तित बनेको हो । ताइवान जापानको ओकिनावाबाट निकै नजिकै छ । 
 

salt training

कमेन्ट गर्नुहोस्