साउन २९, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विभिन्न मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूसँग अन्तरक्रिया गरेको छ । अख्तियारले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिताका सम्बन्धमा नेपाल सरकारक...
काठमाडाैं | असार २९, २०७८
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा रहेको सुन व्यवसायी सम्बन्धी मुद्दा मिलाइदिने भन्दै झण्डै ४ लाख घुस लिने प्रहरी हवल्दार बाबुराम घिमिरेसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेसहित २ जनाउपर ३ लाख ९९ हजार ५०० रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले विशेष अदालतमा अभियोगपत्र दायर गरिएको जनाएका छन् ।
आरोपी र प्रहरीबीच समन्वय गर्ने सुन व्यवसायी राजकुमार स्वर्णकारलाई समेत अख्तियारले विपक्षी बनाएको छ ।
यस्तो छ अख्तियारको विज्ञप्ति –
सुन व्यवसाय सञ्चालन गरी बसेका व्यक्तिको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो (CIB) मा भएको मुद्दा मिलाई दिने भनी अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रहरी हवल्दार बाबुराम घिमिरेले रु.३,९९,५००।- घुस/रिसवत लिएको कसुरमा मुलुकी अपराध संहिता, २०७४ समेतको कसुरमा अनुसन्धान तहकिकात पुरा गरी केन्द्रीय अनुसन्धान व्यूरोले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि आरोपित प्रहरी हवल्दार बाबुराम घिमिरे राष्ट्रसेवक भएको आधारमा भ्रष्टाचारको रोहमा पनि अनुसन्धान हुन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट नक्कल मिसिलसाथ पत्र प्राप्त भई उजुरी दर्ता सम्बन्धमा अनुसन्धान हुँदा प्रहरी हवल्दार बाबुराम घिमिरेले सेवाग्राहीलाई सुन तस्करको मुद्दा केन्द्रीय अनुसन्धान व्यूरोमा भएको नक्कली फाइल खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने डरत्रास धम्की दिई प्रतिवादी राजकुमार स्वर्णकारसँग मिली घुस/रिसवतवापत रकम माग गरी रु.३,९९,५००।- लिएको पुष्टि हुन आएकोले निज प्र.ह. बाबुराम घिमिरेको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निजलाई बिगो रु.३,९९,५००।-(तीन लाख उनान्सय हजार पाँच सय रुपैयाँ) कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सजाय मागदाबी लिने र प्रतिवादी राजकुमार स्वर्णकारको हकमा निजले प्रहरी हवल्दार बाबुराम घिमिरेसँग मिली सेवाग्राहीबाट रु.३,९९,५००।- घुसवापत लिएको हुँदा निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरजन्य कार्य भएकोले निज राजकुमार स्वर्णकारलाई बिगो रु.३,९९,५००।- (तीन लाख उनान्सय हजार पाँच सय रुपैयाँ) कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (२) को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदाफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विभिन्न मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूसँग अन्तरक्रिया गरेको छ । अख्तियारले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिताका सम्बन्धमा नेपाल सरकारक...
उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क नलिन फैसला गरेको छ । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र मोहम्मद जुनैद आजादको संयुक्त इजलासले आज सुर्खेतमा रहेका सामुदायिक विद्यालयहरुलाई वि...
सर्वाेच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरिएको सक्कल फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले सोमवार सक्कल फाइल झिकाउन आदेश गरेको हो । अदालतल...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा एकैदिन ५ वटा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७०/०७१ मा कालीकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्...
कर्मचारी सञ्चय कोषले आठौं तहको प्रबन्धक, प्रशासन पदमा विभिन्न कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको छ । आइतवार सूचना जारी गर्दै कोषले ८ जनाको लागि विभिन्न कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको हो । ...
सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश मनोजकुम...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...