३१ जेठ २०८३, आइतबार

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी जागिर ! दायर गरियो आरोप-पत्र

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी जागिर ! दायर गरियो आरोप-पत्र

लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका तत्कालीन खरिदार सुग्रिम कुर्मीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै उनीविरुद्ध आरोप–पत्र दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोप–पत्र दायर गरेको हो । 

आयोगका अनुसार कुर्मीले श्री माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको र बढुवासमेत भएको अनुसन्धानबाट खुलेको छ ।

कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) बमोजिम दण्ड सजाय माग दाबी गर्दै आरोप पत्र दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्