२८ जेठ २०८३, बिहीबार

दुर्घटनामा २ जनाको मृत्यु

असार २९, २०७८
दुर्घटनामा २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

धादिङको थाक्रे गाउँपालिका–६ महादेवबेंशीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख महेन्द्र खड्काले जानकारी दिए ।

नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ना४ख ९४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको  बा७३प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ भने नारायणको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि सडकमा लडेर घाइते भएका बालकको ट्रकले पछि हटाएर किच्दा मृत्यु भएको प्रत्यक्षदर्शी रामचन्द्र रुपाखेतीले बताए । दुर्घटनामा घाइते १ जनाको उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको र उनको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

दुुर्घटनापछि भाग्दै गरेको ट्रकलाई प्रहरीले कोइराले भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्