
काठमाडौं, १४ पुस–साहित्यकार कमलमणि दीक्षितको अन्त्येष्टि गरिएको छ ।
बिहीबार बिहान पौने ३ बजे निधन भएका दीक्षितको पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो ।
केही महिना देखि श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उपचारको लागि दीक्षितलाई वीएण्डवी अस्पताल भर्ना गरिएको थियो ।
मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष समेत रहेका दीक्षितले ६ दर्जनभन्दा धेरै पुस्तकको लेखन तथा सम्पादन गरेका छन् ।
दीक्षितका दुई छोरा र एक छोरी छन् ।