१२ असार २०८३, शुक्रबार

कांग्रेस उपसभापति गच्छदार विशेष अदालतमा उपस्थित

कांग्रेस उपसभापति गच्छदार विशेष अदालतमा उपस्थित

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छार काठमाडौं विशेष अदालतमा उपस्थित भएका छन् ।

बालुवाटारको ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो ।

तर गच्छदार अदालतमा उपस्थित भएका थिएनन् । अदालतले गच्छदारको ठेगाना नभेटेको भन्दै म्याद तामेल गर्न सकेको थिएन ।

बुधवार गच्छदार आफैं विशेष अदालत पुगेका हुन् । अख्तियारले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बुधवार थुनछेक बहस हुने जानकारी दिए ।

अदालतमा गच्छदारको बयान लिन शुरू भएको छ ।

अख्तियारले मुद्दा दायर गरेपछि गच्छदारको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्