०४ असार २०८३, बिहीबार

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी र पुलिसलाई

कात्तिक २०, २०७४
प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी र पुलिसलाई


काठमाडौँ, २५ जेठ - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्तरुपमा प्राप्त गरेका छन् ।cricket

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेल सुरु भएको केहि समयमा लगातारको वर्षाले रद्द भएपछि दुवै टोलीले संयुक्तरुपमा उपाधि प्राप्त गरेका हुन् ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएका नेपाल पुलिस क्लबले त्रिभूवन आर्मी क्लबका सामु १२७ रनको लक्ष्य दिएको थियो । पुलिसले ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन जोडेका थिए ।

जवाफी व्याटिङमा उत्रेका आर्मीले २ ओभरमा १ विकेट गुमाएर ७ रन जोड्दा वर्षा सुरु भएको थियो । त्यसपछिको लगातारको वर्षाले गर्दा खेल हुन नसकेपछि अम्पाएरले खेलको नियमानुसार दुवै टोलीलाई संयुक्तरुपमा विजेता घोषणा गरे ।

उपाधिसँगै आर्मी र पुलिसले रु १५÷१५ लाख प्राप्त गरे । उक्त प्रतियोगिताका विजेता टोलीलाई रु २० लाख तथा उपविजेता टोलीलाई रु १० लाख नगद पुरस्कार प्रदान गर्ने व्यवस्था थियो ।

पुलिसका लागि ओपनर सुनील धमलाले सर्वाधिक ३२ रन जोडे । त्यसैगरी दीपेन्द्रसिंह ऐरी १९, सिद्धान्त लोहनीले २०, कुशल भुर्तेलले १५, सुशील कँडेलले १२, दिलिप नाथले नौ तथा अमित श्रेष्ठ र आरिफ शेखले समान ४÷४ रन जोडे ।

पुलिसलाई सस्तैमा समेट्नेक्रममा आर्मीका जितेन्द्र मुखिया एक्लैले ४ विकेट लिए भने सुशान भारीले ३, सागर पुनले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

अलराउण्ड प्रदर्शन गरेका आर्मीका सागर पुन प्रतियोगिता कै उत्कृष्ट खेलाडी घोषित भए । उनले ब्याटिङतर्फ १२६ रन र बलिङतर्फ सर्वाधिक १४ विकेट लिएका थिए । उपाधिसहित पुनले रु एक लाख प्राप्त गरे ।


त्यसैगरी पश्चिमाञ्चलका सौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान चुनिए भने आर्मीका सुशान भारी उत्कृष्ट बलर बने । दुवै खेलाडीले जनही रु ५० हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी पश्चिमाञ्चलकै विपिन खत्री घोषित भए । उहाँले उपाधिसहित रु २५ हजार प्राप्त गरे ।

प्रतियोगिताको विजेता टोलीलाई उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार वितरण गरे ।


राखेपको आयोजनामा यही जेठ ९ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा तीन विभागिय टोलीसहित पाँच विकास क्षेत्रका टोलीको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्