०६ असार २०८३, शनिबार

वन्यजन्तुबाट मृत्यु भएमा क्षतिपूर्ति रकम दोब्बर

कात्तिक २०, २०७४
वन्यजन्तुबाट मृत्यु भएमा क्षतिपूर्ति रकम दोब्बर


काठमाडौँ, २६ जेठ - सरकारले वन्यजन्तु राहत निर्देशिका संशोधन गरी वन्यजन्तुबाट मृत्यु हुने व्यक्तिको परिवारलाई राहत तथा क्षतिपूर्तिको रकम दोब्बर गरेपछि सरोकारवालाहरूले संरक्षणमा स्थानीय सहभागिता थप प्रभावकारी हुने दाबी गरेका छन्, गोरखापत्रमा खबर छ ।Death
सरकारले वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने व्यक्तिलाई राहतस्वरूप १० लाख रुपियाँ दिने निर्णय गरेपछि संरक्षणकर्मीले यस्तो धारणा व्यक्त गरेका हुन् । यसअघि यसरी मृत्यु हुने व्यक्तिलाई पाँच लाख रुपियाँ राहत दिने व्यवस्था थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार मृत्यु हुने, घाइते हुने व्यक्ति तथा धनजनको क्षति भएको क्षतिपूर्तिका लागि पनि राहत रकम वृद्धि गरिएको छ । वन्यजन्तुको आक्रमणबाट घाइते हुने व्यक्तिलाई उपचारका लागि दुई लाख रुपियाँ दिने गरी सरकारले निर्णय गरेको छ ।
महानिर्देशक खड्का भन्छन् , “लामो प्रयासपछि सरकारले यो निर्णय गरेको छ । संरक्षणमा मानिस र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन निकै चुनौतीपूर्ण कार्य हो । यसले व्यवस्थापन गर्न अलि सहज हुने भएको छ । ”

salt training

कमेन्ट गर्नुहोस्