१७ असार २०८३, बुधबार

किन पक्राउ पर्दै छन् विप्लवका नेता–कार्यकर्ता ?

कात्तिक २०, २०७४
किन पक्राउ पर्दै छन् विप्लवका नेता–कार्यकर्ता ?
काठमाडौँ, २६ जेठ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ता धमाधम पक्राउ परेका छन् । स्थानीय तह निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपाका नेता–कार्यकर्तालाई सरकारले निर्वाचन बिथोल्न सक्ने आशंकामा जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न थालेको हो, नयाँ पत्रिकामा खबर छ ।biplab

नेकपा केन्द्रीय कार्यालयका सचिव भेषराजले देशभरबाट झन्डै दुई सयको हाराहारीमा नेता–कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका नेता–कार्यकर्तालाई सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ का आधारमा हिरासतमा राखिएको छ । ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएकालाई समेत पुनः पक्राउ गर्ने, एउटा जिल्लाबाट अर्काे जिल्लामा सारेर फेरि मुद्दा लगाउने गरिएको नेकपाले आरोप लगाएको छ ।

मानवअधिकारकर्मीले पक्राउको विरोध गरेका छन् । स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक आस्था राख्न पाउने मौलिक अधिकारको हनन हुने गरी सरकारले विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्तामाथि धरपकड बढाएको मानवअधिकारकर्मीले बताएका छन्।

केन्द्रीय नेता नै प्रक्राउ
नेकपाका राप्ती ब्युरो इन्चार्ज केशवबहादुर बाठा, बन्धु चन्द, चन्द्रबहादुर खड्कालाई प्रहरीले २४ जेठमा पक्राउ गरेको छ । प्युठानको तिरामबाट उनीहरूलाई पक्राउ गरिएको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।
देशव्यापी रूपमा प्रहरीले आफ्ना नेता–कार्यकर्तामाथि धरपकड बढाएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । बर्दिया, रुकुम, काभ्रे, चितवन, सिन्धुली, महोत्तरी, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौं, दोलखा, दाङ, सल्यान, धादिङ, नुवाकोट, सुनसरी, मोरङ, जुम्ला, पर्वत, तनहुँ, बाग्लुङ र म्याग्दीबाट आफ्ना नेता–कार्यकर्ता पक्राउ गरिएको नेकपाको केन्द्रीय कार्यालयको रेकर्ड छ ।

salt training

कमेन्ट गर्नुहोस्