२३ जेठ २०८३, शनिबार

प्रेमीलाई पढाउन ठग बनिन् प्रेमिका ! परिवारले गर्यो प्रहरीलाई अनौठो आग्रह

कात्तिक २०, २०७४
प्रेमीलाई पढाउन ठग बनिन् प्रेमिका ! परिवारले गर्यो प्रहरीलाई अनौठो आग्रह
काठमाडौँ, २६ जेठ- ३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीया युवती पक्राउ परेकी छिन् । महानगरीय प्रहरी परिसर ललितपुरले पाटन सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो । बज्राचार्यले प्रेमीलाई पढाइ खर्च जुटाउन आफूले ठगी गर्नुपरेको बताएकी छिन् । आफ्नो प्रेमी भारतमा रहेको र उसले खर्च मागिरहने भएकाले आफूले पैसा कमाउन साथीहरूलाई ठगी गरेको उनको भनाइ छ, नयाँ पत्रिकामा खबर छ ।PAKRRAU

नक्कली कम्पनी खडा गरी आफ्नै साथीहरूलाई फर्म भर्न लगाई बज्राचार्यले ठगी गरेको ललितपुर परिसरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले बताए । ‘उनले जागिर लगाइदिने भन्दै फर्म भर्न लगाएर प्रतिव्यक्ति तीनदेखि १५ हजार रुपैयाँसम्म लिएकी थिइन्,’ डिएसपी कार्कीले भने, ‘तर जागिर लगाउन नसकेपछि पीडितहरू प्रहरीमा आएका हुन् ।’ दुई साताअघि नै बज्राचार्य पक्राउ परेकामा अनुसन्धानको क्रममा उनले धेरैलाई ठगी गरेको खुलेको हो । बज्राचार्यले साथीहरूलाई आफ्नो समस्याबारे बताउने तयारी गरिरहेकै वेला प्रहरीले पक्राउ गरेको बताएकी छन् ।

डिएसपी कार्कीका अनुसार बज्राचार्यले थापाथलीस्थित हस्तकला केन्द्रमा हस्तकलासम्बन्धी तालिम लिएकी थिइन् । तालिम लिने क्रममा चिनजान भएका व्यक्तिहरूलाई नै उनले जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन् । तालिम लिएका व्यक्तिहरू जागिरको खोजीमा हुने थाहा पाएर उनले हस्तकलासम्बन्धी कम्पनीले कामदार मागेको भन्दै नाटक गरेर पैसा उठाएकी थिइन् । फर्म भरेर पैसा लिएको लामो समयसम्म पनि जागिरबारे सोध्दा अनेक बहाना बनाउने गरेकी थिइन् ।
तर छोरी बिग्रेको भन्दै बज्राचार्य परिवारले उनलाई धेरै दिन थुनिदिन प्रहरीसँग आग्रह गरेका छन् । यसअघि पनि उनले ठगी गरेर परिवारलाई दुःख दिएकी थिइन् । ठगीको करिब नौ लाख परिवारले नै तिरिदिएका थिए । बज्राचार्यलाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्