
टी–सिरिज कम्पनीका म्यानेजिङ डाइरेक्टर भूषण कुमारलाई यौन शोषणको आरोप लागेको छ ।
काम दिलाइदिने बहानामा ३० वर्षीया महिलालाई यौन शोषण गरेको आरोप उनीमाथि लागेको छ । मुम्बईको डीएन नगर पुलिस स्टेशनमा ती महिलाले उजुरी दर्ता गराएकी छन् ।
Mumbai | Case registered u/s 376 IPC against Bhushan Kumar, managing director, T-Series, at DN Nagar Police station on allegations of rape with a 30-year-old woman on the pretext of engaging her for a project at the company. Probe underway, no arrests made till now: Police
महिलाका अनुसार तीन अलग–अलग स्थानमा उनीमाथि शोषण गरिएको थियो । भूषण कुमारले तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल गराइदिने धम्की दिएकाले आफू चुप बस्न बाध्य भएको पीडित भनिएकी ती महिलाको भनाइ छ ।
भूषण टी–सिरिजका म्यानेजिङ डाइरेक्टर मात्रै होइनन्, कयौं ठूला चलचित्रको प्रोडक्सनको काम पनि सम्हाल्छन् ।
प्रहरीले भूषणमाथि यौन दूराचार, धोकाधडी र आपराधिक धम्कीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
स्मरण रहोस् मी टू अभियान चलिरहेका बेला मोडेल मरिना कुँवरले पनि भूषणविरुद्ध शोषणको आरोप लगाएकी थिइन् ।