
दैलेखमा एक महिलाले आफ्नै पतिको हत्या गरेकी छन् । मुढो प्रहार गरेर आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा नारायण नगरपालिका-११, टाटामकु डाँडा टोल बस्ने ३२ वर्षीया सुशीला मल्ल पक्राउ परेकी हुन् । उनलाई प्रहरीले शुक्रवार बिहान पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सुशीलाले बिहीवार राति किला ठोक्ने मुढोले टाउकोमा प्रहार गरेकी थिइन् । गम्भीर घाइते भएका खगेन्द्रको जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।