१० असार २०८३, बुधबार

पाकिस्तान : चिनियाँहरू समेत चढेको बसमा आतंकवादीले विस्फोट गराएको पुष्टि भएपछि चीन आक्रोशित

साउन १, २०७८
पाकिस्तान : चिनियाँहरू समेत चढेको बसमा आतंकवादीले विस्फोट गराएको पुष्टि भएपछि चीन आक्रोशित

पाकिस्तानको माथिल्लो कोहिस्तानमा यसै साता भएको बस विस्फोटमा नौजना चिनियाँ मारिएको घटना आतंकवादीहरूले गराएको पुष्टि भएपछि चीनका प्रधानमन्त्री ली खछ्याङले पाकिस्तानी समकक्षी इमरान खानलाई फोन गरेका छन् । 

लीले खानलाई यथाशीघ्र पीडकहरूलाई न्यायको कठघरामा उभ्याउन भनेका छन् । 

यसअघि पाकिस्तानले बसमा ग्यास चुहिएर विस्फोट भएको भन्दै आएको भए पनि पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले बिहीवार बसमा विस्फोटक पदार्थहरूको निशान भेटिएको बताए । आतंकवादीहरूले घटना गराएको कुरालाई अस्वीकार गर्न नमिल्ने उनको भनाइ छ ।

इस्लामाबादले यो आतंकवादी घटना नभएको भनी शुरूमा भन्दा बेइजिङले त्यसको कठोर प्रतिकार गर्दै यो बम आक्रमण भएको बताएको थियो । पीडकलाई सजायको माग गर्दै चिनियाँ कामदार, संस्था र परियोजनाको सुरक्षा गर्न पनि चीनले माग गरेको छ ।

बसमा विस्फोट हुँदा नौजना चिनियाँ सहित १३ जनाको ज्यान गएको थियो । बसले कामदारहरूलाई ४३ सय मेगावाटको दासु जलविद्युत् परियोजना क्षेत्रमा लगिरहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्