०८ असार २०८३, सोमबार
एमाले विवाद

एमाले संसदीय दलको बैठकमा पनि उपस्थित भएन माधव नेपाल पक्ष

एमाले संसदीय दलको बैठकमा पनि उपस्थित भएन माधव नेपाल पक्ष

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ ।

संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुक्रवार अपराह्न संसदीय दलको बैठक शुरू भएको हो ।

बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली लगायत सांसदहरू सहभागी छन् । 

स्थायी कमिटी बैठकमा जस्तै माधव नेपाल पक्षका सांसद भने बैठकमा सहभागी छैनन् । 

यसअघि दिउँसो बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने निर्णय गरेको थियो ।

आइतवारदेखि प्रतिनिधि सभा अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सांसदहरूलाई निर्देशन दिन बैठक बोलाइएको एक सांसदले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्