१७ असार २०८३, बुधबार

परीक्षण बढाउँदा संक्रमण पुष्टि हुनेको संख्या पनि बढ्यो, ४३ जनाको मृत्यु

परीक्षण बढाउँदा संक्रमण पुष्टि हुनेको संख्या पनि बढ्यो, ४३ जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

नेपालमा थप २ हजार ९ सय २६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

पीसीआरतर्फ ९ हजार ६ सय १३ र एन्टीजेनतर्फ ४ हजार ५ सय ६९ गरी कुल १४ हजार १ सय ८२ नमूना परीक्षण गरिएको थियो । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ९ हजार ५ सय ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना निको भएका छन् । निको हुनेको संख्या कुल संक्रमितको ९४ दशमलव ५ प्रतिशत छ ।

salt training

कमेन्ट गर्नुहोस्