
कर्मचारी सञ्चय कोषले बचत र कर्जामा दिने ब्याजदर घटाएको छ ।
सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर ६.५ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षमा ७ प्रतिशत ब्याजदर थियो ।
यस्तै सञ्चयकर्ताहरूका लागि विशेष सापटीमा ७.६० प्रतिशत र घरसापटी, घर मर्मत तथा सापटी र शैक्षिक सापटीमा ७.९० प्रतिशत ब्याजदर कायम गरेको छ ।
यस्तै सरल चक्रकर्जामा कोषले ८.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।