२९ जेठ २०८३, शुक्रबार

ट्राफिक जरिवानाबाट २४ करोड ७४ लाख ४१ हजार ५०० राजश्व सङ्कलन

साउन १, २०७८
ट्राफिक जरिवानाबाट  २४ करोड ७४ लाख ४१ हजार ५०० राजश्व सङ्कलन

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले गत आर्थिक वर्षमा रु २४ करोड ७४ लाख ४१ हजार ५०० राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई लाख ५८ हजार ९७२ सवारीलाई जरिवाना गराई राजश्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराम कोइरालाका अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा गत आार्थिक वर्षमा १२५.३४ प्रतिशतले राजश्व वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा एक लाख ५१ हजार १२१ सवारी कारबाहीबाट रु १० करोड ९८ लाख ६ हजार ५०० राजश्व सङ्कलन भएको थियो ।
 
    आर्थिक पारदर्शीता कायम गर्ने र प्रहरी कर्मचारीमा आन्तरिक शुद्धीकरण ल्याएका कारण राजश्वमा वृद्धि भएको कोइरालाको भनाइ छ । गत आर्थिक वर्षमा सो कार्यालय मातहतका प्रहरीले घुस रकम फिर्ता गरेर मात्रै रु २० लाख ३५ हजार ५०० राजश्व सङ्कलन भएको छ । उनका अनुसार आर्थिक प्रलोभनबापत रु तीन लाख ५६ हजार ८०० रकम फिर्ता गरी उनीहरूलाई जरिवाना गरेर पूर्ण राजश्व असुल गरिएको थियो । सो क्रममा एक हजार ९३८ सवारी साधनका चालक सहचालकले गल्ती ढाकछोप गर्न रकम दिएका थिए ।
 
    कार्यालयले बढी भाडा लिने ६२ वटा सवारी साधनबाट ५६२ जनासँग लिएको रु पाँच लाख ८५ हजार १०० फिर्ता गराई रु दुई लाख ८७ हजार जरिवाना गराएको छ । लामो दूरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालक नराखेका १६२ वटा सवारीबाट रु एक लाख ५४ हजार ५००, प्रयोजन विपरीत सञ्चालन भएका १६ हजार ३९५ सवारीबाट रु एक करोड ७५ लाख ६ हजार, मादक पदार्थ सेवन गरी सवारी चलाएका एक हजार ४३७ सवारीका चालकबाट रु १४ लाख ४७ हजार जरिवाना सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्