
आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ११ करोड राजस्व संकलन गरेको छ ।
कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो ।
कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ १ अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ ४४ करोड र स्वास्थ्य सेवा करबापत ९२ लाख संकलन भएको बताए ।
अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले ३ अर्ब १ करोड मात्र राजस्व संकलन गरेको थियो ।
उनले भापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिए ।