
नेपालमा थप एक हजार ८७५ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख १४ हजार २४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६६ वटा नमूना परीक्षण गरिएको थियो ।
मन्त्रालयले थप २१ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ५२७ पुगेको जनाएको छ ।
यस्तै हालसम्म ६ लाख ३० हजार ४०७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार १६४ जना संक्रमणमुक्त भएका हुन् ।