१६ असार २०८३, मंगलबार

५ लाख ३८ हजार ६ सय २२ जनाले गराए कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक

जेठ २९, २०८३
काठमाडौं
५ लाख ३८ हजार ६ सय २२ जनाले गराए कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक

 नेपाली कांग्रेसले सञ्चालन गरेको क्रियाशील सदस्यता अध्यावधिक अभियानअन्तर्गत ५ लाख ३८ हजार ६ सय २२ जनाले एनसीआईडी प्राप्त गरी सदस्यता अध्यावधिक गराएका छन्।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा अध्यावधिकका लागि योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये उक्त सङ्ख्याका सदस्यले वडा सभापतिमार्फत एनसीआईडी प्राप्त गरेको उल्लेख छ। त्यस्तै, १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अध्यावधिक फाराम पेश गरी प्रक्रिया अगाडि बढाएको उनले बताए । 

इन्टरनेट पहुँचबाहिर रहेका केही हिमाली तथा दुर्गम जिल्लासहित विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा अध्यावधिक कार्यलाई थप व्यवस्थित गरिने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता अध्यावधिकको समय कांग्रेसले गएरातिसम्म तोकेको थियो । 

यसैगरी पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने समेत जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्