
कञ्चनपुरको बेदकोट नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र लिंगामा बस्दै आएका अन्दाजी ७५ वर्षीय साधु किसन नाथ आज मृतावस्थामा फेला परेका छन् ।
साधु मृत फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।
शरीरको बाह्य क्षेत्रमा कुनै किसिमको चोटपटक लागेको नदेखिएको उनको भनाइ छ ।
‘हिजो बिरामी भएर उपचारका लागि गएको भन्ने बुझिएको छ । बिरामी परेर वा अन्य के कारणले मृत्यु भएको हो, त्यसबारे अनुसन्धान भइरहेको छ,’ उनले भने ।
ती साधु लिंगा क्षेत्रमा विगत चार वर्षदेखि बस्दै आएको बताइएको छ ।