०४ साउन २०८३, सोमबार

प्रदेश २ : नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई गराइयो शपथ

प्रदेश २ : नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई गराइयो शपथ

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतकुमार साहलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्री पदमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता साहलाई नियुक्त गरेका थिए । 

प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित समारोहमा उनलाई शपथ गराएका हुन् । 

सोही समारोहमा मुख्यमन्त्री राउतले नवनियुक्त आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रूवीकुमारी कर्णलाई पद तथा गोपनीयताको शपथ  गराएका थिए । 

प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टीका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले आज राजीनामा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्