संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन गणतन्त्र मिसनमा तैनाथ सैनिक प्रहरी युनिट (शा.से.) छैठौं डफ्फालाई बदली गर्नको लागि प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा सैनिक प्रहरी युनिट (शा.से.) सातौं डफ्फाको ७२ जना नेपाली शान्ति सैनिक प्रस्थान गरेका छन् ।
यसैगरी मालीमा तैनाथ ई.ओ.डि. गुल्म (शा.से.) सातौं डफ्फालाई बदली गर्नको लागि प्रमुख सेनानी संगीत पुनको कमाण्डमा ई.ओ.डि. गुल्म (शा.से.) आठौं डफ्फाको १३९ जना नेपाली शान्ति सैनिक पनि मिशन जाने भनिएकामा कारणबश उडान स्थगित भएको छ ।
साथै MINUSCA तथा MINUSMA मिशनबाट आफ्नो कार्यकाल समाप्ती पश्चात नेपाली शान्ति सैनिकहरुको टोली साउन ३ गते नेपाल आईपुग्ने योजना रहेको छ । कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड-१९ प्रोटोकलहरूको पालना गरिएको सेनाले जनाएको छ ।