०८ साउन २०८३, शुक्रबार

देउवालाई तीनपटक व्यहोरिसकेको भन्दै केसीले संसदमा भने, ‘सही कुरा गरौं भने चित्त फाट्छ’

कात्तिक २०, २०७४
देउवालाई तीनपटक व्यहोरिसकेको भन्दै केसीले संसदमा भने, ‘सही कुरा गरौं भने चित्त फाट्छ’
काठमाडौं २६ जेठ–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राम्रो काम गरेमात्र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका छन् । उनले देउवालाई पटक पटक व्यहोरिसकेको भन्दै उनका अगाडि चुनौती रहेको बताए ।

‘माघ गए, फागुन गए खवरी नपाए भने जस्तो मध्यबर्खामा चुनाव सारिएको छ’ केसीले शुक्रवार संसद्मा नवनिर्वाचित प्रधानमनत्रीलाई शुभकामना दिँदै भने, ‘देउवाजी नयाँ मान्छे हुनुहुन्न, देखिसकेका छौ, व्यहोरी सकेका छौ । तीन तहको चुनाव गराउन कठिन छ ।’

गणतन्त्रमा दश बर्षमा दशजना प्रधानमन्त्री बनाउन सफल भएका छौं भन्दै केसीले संसदमा व्यग्य गरे । मधेस केन्द्रित दललाई सहमत गराउन भन्दै निर्वाचन कानूनमा संशोधन गरिएपनि जसको लागि संशोधन गर्र्यो, उनीहरुले खुलेआम चुनवामा भाग नलिने बताएको बताए ।

केसीले देउवाको विपक्षमा भोट हालेपनि आफ्नो पार्टीले सरकारको राम्रो कामलाई समर्थन गर्ने बताए । ‘कुरा जस्ता कुरा गरौ भने चित्त फाट्ने होला ? देउवाजीलाई हामीले भोट दिएनौ, असहमति रह्यो’ केसीले भने, ‘राम्रा कामका लागि कांग्रेससंग कार्यगत एकता गरेका छौ । प्रतिपक्षको भूमिका राम्रो गर्दा समर्थन गर्ने, गलत कामको विरोध गर्ने हो त्यही गछौं ।’

salt training

कमेन्ट गर्नुहोस्