१५ असार २०८३, सोमबार

जसपा विवादबारे निर्णय गर्न निर्वाचन आयोगको इजलास बस्दै

जसपा विवादबारे निर्णय गर्न निर्वाचन आयोगको इजलास बस्दै

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे निर्णय गर्न आइतवार निर्वाचन आयोगमा इजलास बस्दै छ । 

इजलास बिहान ११ बजे बस्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

पक्ष विपक्षको बहस सकिएपछि आधिकारिकता विवादबारे आयोगले निर्णय गर्ने उनको भनाइ छ । बहस केही दिन लम्बिन सक्ने पनि उनले बताए । 

विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक अर्कालाई कारबाही गर्दै दुवैले आफूहरू आधिकारिक भएको दाबी गर्दै आएका छन् । 

यसअघि ३२ सांसदमध्ये उपेन्द्र पक्षसँग १२ मात्रै सांसद थिए । तर, अहिले उपेन्द्र पक्षले आफूसँग १९ जना सांसद रहेको दाबी गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्