०५ साउन २०८३, मंगलबार

देउवालाई विश्वासको मत दिने निर्णय गर्न शुरू भयो माओवादीको संसदीय दलको बैठक

देउवालाई विश्वासको मत दिने निर्णय गर्न शुरू भयो माओवादीको संसदीय दलको बैठक

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेगरी संस्थागत निर्णय लिन संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरू भएको हो ।

यद्यपि मतदानका लागि ह्वीप जारी गर्न भने नमिल्ने फैसला सर्वोच्चले गरिसकेको छ । मत दिने कि नदिने निर्णय लिन सांसदहरू स्वतन्त्र छन् ।

विश्वासको मत दिनेमा माओवादीमा खासै विमति रहेको छैन । सोही कारण सबै सांसदले मत दिने आंकलन गरिएको छ ।

प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्