काठमाडौं २६ जेठ– प्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी ढंगले केही दिनमै मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् ।

शुक्रवार संसदको बैठकलाई सम्वोधन गर्ने क्रममा देउवाले मन्त्रिमण्डल समावेशी नभएको भन्ने आरोप गलत भएको बताएका हुन् । ‘समावेशी सिद्धान्तका लागि कदमजम भन्ने सिद्धान्त मैलै नै ल्याएको हुँ’ देउवाले भने, ‘म माथि लगाएको आक्षेप उचित भएन ।’
कांग्रेस प्रजातान्त्रिकका सभापति रहेको समयमा देउवाले कर्णाली, दलित, महिला, जनजाति मधेशी भन्ने सिद्धान्त पार्टीमा लागू गरेका थिए ।
त्यसअघि संसद् बैठकमा सांसदहरुले मन्त्रिमण्डल समावेशी नभएको भन्दै संसदमा प्रश्न उठाएपछि देउवाले मन्त्रिमण्डल समावेशी बनाउने बताएका हुन् । उनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने समेत बताए ।