
काठमाडौं २६ जेठ– प्रधानमन्त्री शेरबहादुर देउवाले भविष्यमा कहिलै कू भएर प्रधामनन्त्री हट्ने र संसद भंग हुने दिन आउन नदिन समयमै तीनवटै तहको चुनाव गर्नुपर्ने बताएका छन् । समयमै चुनाव भएमा गणतन्त्र संस्थागत हुने उनले विश्वास व्यक्त गरे ।
शुक्रवार व्यबस्थापिका संसदको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई गतिशिल बनाउन चुनाव अनिवार्य भएको बताए । ‘हिजोजस्तो निर्वाचित प्रधानमन्त्रीलाई कसैले जेल हान्ने र हटाउने दिन नआओस । शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन होस’ देउवाले भने, ‘अब कहिलै पनि कू भएर प्रधानमन्त्री हटने र संसद भंग हुने दिन नआओस ।’
तोकिएको समयमै निर्वाचन गर्न नसकेको भन्दै तत्कालिन देउवा यसअघि तत्कालिन राजाबाट बर्खास्तीमा परेका थिए ।