
काठमाडौं, २६ जेठ — दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि विभिन्न दलहरुले उम्मेदवारहरुको नामावली टुंग्याइरहेका छन् । कतिपय जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुंगो लागिसकेको छ भने कतिपयमा चाहिँ टुंगो लाग्ने क्रम जारी ।
अर्घाखाँचीका नगरपालिका र गाउँपालिकामा पनि उम्मेदवारहरुको टुगो लागेको छ । हाल सम्म टुंगो लागेका उम्मेदवारहरुको नामावली यस प्रकार छ ।
सन्धिखर्क नगरपालिकासन्धिखर्क नगरपालिकामा कांग्रेसबाट कमलप्रसाद भुसालले टिकट पाएका छन् । एमालेबाट केशवप्रसाद श्रेष्ठले मेयरको टिकट पाएका छन् इश्वरा पोखरेलले उप मेयरको टिकट पाएकी छन् । माओवादीबाट ठाकुर प्रसाद विक मेयरमा र कमला भुसाल उप मेयरमा उठ्ने भएका छन् ।
राप्रपाबाट धु्वराज भुसालले मेयर र सुनीता गिरीले उप मेयरको टिकट पाएका छन् । जनमोर्चाबाट कल्पना पोखरेलले मेयर र पशुपति ढकालले उप मेयरको टिकट पाएका छन् । नयाँ शक्तिबाट यमुना भुसालले मेयर र टोपबहादुर बलामीले उप मेयरको टिकट पाएका छन् ।
तिलगंगा नगरपालिकासुर्य अधिकारीले मेयर र मीना पौडेलले उप मेयरमा कांग्रेसबाट टिकट पाएका छन् । एमालेबाट बसन्त श्रेष्ठ मेयर र गीता भाटले उप मेयरमा टिकट पाएका छन् । माओवादीबाट टिका रेग्मीले मेयर र सिता अधिकारीले उप मेयरको टिकट पाएका छन् । राप्रपाबाट देवीराम गैरेले मेयर र रुपा बेल्वासेले उप मेयरको टिकट पाएका छन् ।
भूमिकास्थान नगरपालिकाकांग्रेसबाट खडानन्द बेल्वासेले मेयर र सिर्जना थापाले उप मेयरको टिकट पाएका छन् । पीताम्बर भुसालले मेयर र सुनीता बेल्वासेले उप मेयरको टिकट एमालेबाट पाएका छन् । रेशम थापाले मेयर र छमकुमारी खनालले उप मेयरको टिकट माओवादीबाट पाएका छन् ।
पाणिनी गाउँपालिकाअच्युत गौतमले अध्यक्ष र अम्बिका पोखरेलले उपाध्यक्षको टिकट कांग्रेसबाट पाएका छन् । एमालेबाट जीवनारायण कोइरालाले अध्यक्ष र लक्ष्मी गौतमले उपाध्यक्षको टिकट पाएका छन् । माओवादीबाट जाकिर हुसैन र विमला घिमिरेले उपाध्यक्षको टिकट पाएका छन् ।
छत्रदेव गाउँपालिकालेखनाथ पोख्रलले अध्यक्ष र तुल्सीदेवी श्रेष्ठले उपाध्यक्षको टिकट कांग्रेसबाट पाएका छन् । एमालेबाट चाहिँ ऋषिराम अधिकारीले अध्यक्षमा र भविश्वर पाण्डेले उपाध्यक्षमा टिकट पाएका छन् । माओवादीबाट प्रकाश ज्ञवालीले अध्यक्षको टिकट पाएका छन् । राप्रपाबाट विष्णु खनालले अध्यक्ष र हरिमाया रायमाझीले उपाध्यक्षको टिकट पाएका छन् ।
मालारानी गाउँपालिकाकांग्रेसबाट अध्यक्षमा विष्णु क्षेत्री र उपाध्यक्षमा शान्तिा ज्ञवालीले टिकट पाएका छन् । एमालेबाट बालकृष्ण आचार्यले अध्यक्ष र प्रमीला क्षेत्रीले उपाध्यक्षको टिकट पाएका छन् । माओवादीबाट पदम क्षेत्रीले टिकट पाएका छन् अध्यक्षमा । जनमोर्चाबाट नरेन्द्रबहादुर थापा अध्यक्ष र तुलसा कुँवर उपाध्यक्ष भिड्ने भएका छन् ।