×
Bajaj Top
Khukuri
FONEPAY

फ्लोर क्रशबारे प्रेम आले– एउटा मन्त्रीलाई आफ्नो पद गुमेको थाहा नहुने यो कस्तो लोकतन्त्र ?

काठमाडाैं | साउन ४, २०७८

NTC
TVS INSIDE

नेकपा एमालेको निर्देशनविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका पूर्वमन्त्री प्रेम आलेले आफूले फ्लोर क्रश गर्नुको कारणबारे पछि खुलस्त पार्ने बताएका छन् ।

Sanima Bank
morang Auto yamaha

लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै आलेले पार्टी एकताको प्रयास चलिरहेका बेला धेरै बोल्दा कुरा बिग्रिने बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

'म अहिले बोल्न मिल्दैन । पछि खुलस्तसँग भन्छु,' आलेले भने, 'अहिले पार्टी एकताको प्रयास भइरहेका बेला धेरै बोल्यो भने कुरा बिग्रिन्छ ।'

जनतालाई के जवाफ दिनुहुन्छ ? उनीहरूलाई पनि कारण थाहा हुनुपर्‍यो नि भन्ने प्रश्नमा केही खुलेका आलेले आफूलाई अपमानजनक ढंगले मन्त्रीबाट हटाएकोमा आक्रोश पोखेको संकेत गरे ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

'एउटा मन्त्रीलाई आफ्नो पद गुमेको आफैंलाई थाहा हुँदैन भने त्यस्तो लोकतन्त्र के काम ? यो त राणा शासन जस्तो भैहाल्यो नि,' आलेले आक्रोशित हुँदै भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार प्रतिनिधि सभामा विश्वासको मत लिँदा एमालेका २२ सांसदले फ्लोर क्रश गरेर देउवालाई मत दिएका थिए ।

यसरी मत दिनेमध्ये १४ जना माधव नेपाल पक्षका थिए भने ८ जना ओलीपक्षीय भनिएका सांसद नै थिए ।

ओली सरकारमा वनमन्त्री रहेका आले आफ्नो कार्यकालमा विभिन्न अभिव्यक्तिका कारण चर्चा र विवादमा आएका थिए ।

झण्डै ५ महिना सरकारमा रहेका आलेलाई प्रतिनिधि सभा विघटनपछि हटाइएको थियो ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै तीन हजार ७९१ संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।  औसत संक्र...

माघ ९, २०७८

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ ।  सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय स...

माघ ९, २०७८

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ नमूना परीक्षणमध्ये ५५९८ पीसीआर र ८६४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  ...

माघ ११, २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन विदेशमा करिब ४ महिना लामो उपचारपश्चात सोमबार साँझ नेपाल फर्किए। चीनबाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले आफू महासचिवको...

माघ ११, २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले जनता सत्ता गठबन्धनको पक्षमा नरहेको टिप्पणी गरेका छन् । मंगलवार बिहान ट्वीटरमा एक ट्वीट गर्दै महासचिव पोखरेलले स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले ती...

माघ १०, २०७८

आज मिति २०७८ साल मंसिर महिनाको १० गते सोमबार । बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई ‘लोकान्तर राउण्ड अप’ मा समेटिएको छ  । स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्ने चौतर्फी दवाबलाई वेवास्ता गर्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...