भारतीय टेलिभिजनको लोकप्रिय कमेडी कार्यक्रम द कपिल शर्मा शोको नयाँ सीजन शुरू हुन लागेको छ ।
शोको प्रोमो क्लिप सोमवार सार्वजनिक गरिएको छ । यसमा शोका मुख्य कलाकारहरू जोडदार तरिकाले इन्ट्री लिइरहेका देखिन्छन् ।
कमेडियन कृष्णा अभिषेकले प्रोमो भिडियो सार्वजनिक गर्दै लेखे, ‘यो समूह पुनः धमाका गर्न आएको छ । प्रोमो शूटको पहिलो दिन सबैसँग राम्रो समय बिताइयो । अब प्रतीक्षा सकिएको छ र यो टोली तपाईंलाई हसाउन पुनः तयार छ ।’
अर्चना पूरन सिंहले पनि ड्रीम टीम फर्किएको र छिट्टै दर्शकलाई भेट्ने लेखिन् ।
द कपिल शर्मा शोको नयाँ सीजनमा सुमोना चक्रवर्ती देखिएकी छैनन् । बरू कपिलका पुराना प्रतिस्पर्धी सुदेश लहरी शोमा देखिने भएका छन् ।
शोको शूटिंग शुरु भइसकेको छ ।