१२ असार २०८३, शुक्रबार

लियाम लिविंगस्टोनले हाने १२२ मिटर लामो छक्का (भिडियो)

साउन ४, २०७८
लियाम लिविंगस्टोनले हाने १२२ मिटर लामो छक्का (भिडियो)

इंग्ल्यान्डका ब्याट्स्म्यान लियाम लिविंगस्टोनले आइतवार पाकिस्तानविरुद्धको दोस्रो टी२० मा १२२ मिटर लामो छक्का हानेपछि सामाजिक सञ्जालमा उनको व्यापक चर्चा भएको छ । 

पहिलो टी२० मा लिविंगस्टोनले जम्मा ४३ बलमा शतक बनाए भने आइतवार भएको दोस्रो खेलमा द्रुत गतिमा ३८ रन बनाए । त्यसक्रममा उनले पाकिस्तानी फास्ट बलर हारिस रऊफको बलमा विशाल छक्का प्रहार गरेका हुन् । 

यो नै अहिलेसम्मको सबभन्दा विशाल छक्का भएको भनी सामाजिक सञ्जालमा दाबी गरिएको भए पनि खासमा न्युजील्यान्डका मार्टिन गुप्टिलले दक्षिण अफ्रिकाविरुद्ध १२७ मिटर लामो छक्का प्रहार गरेका छन् । 

दोस्रो टी२० मा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै २०० रन बनायो अनि पाकिस्तानलाई १५५ रनमा रोकिदियो । लिविंगस्टोनले तीन छक्काको सहायताले ३८ रन बनाए । त्यसमध्येको एक छक्का हान्दा बल नै स्टेडियमबाहिर पुग्यो । 

इंग्ल्यान्ड क्रिकेट बोर्डले यसको क्लिप ट्विटरमा राखेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्