
माछापुच्छ्रे बैंक लि. ले कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाडौंको महाराजगञ्जमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने सहमती पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्रमा केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।
गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिदै गएको कारोना भाइरसको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आवश्यकता महसुस गरि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अस्पतालमा कोरोना विशेष वार्डको स्थापना गरिदिन लागेको हो ।
सम्झौता पश्चात बैंकले केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड हस्तान्तरण गर्नेछ ।