
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ संगमचोकबाट ५ केजी ७ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ परेका छन् । मकवानपुर बकैया गाउँपालिका-५ ठेगाना भएका ४३ वर्षीय रत्न भुलनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले भुलनलाई फेला पारी जाँच गर्दा झोला भित्र लुकाई बोकेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
भुलनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको उक्त ब्यूरोले जनाएको छ ।