भारतको राजधानी नयाँदिल्लीमा सोमबार बिहानदेखि भारी वर्षा भइरहेको छ । जसका कारण राजधानी सरकारका कैयन क्षेत्र जलमग्न भएको भारतीय सञ्चारमाध्यम एनडीटीभीलेले जनाएको छ।
समाचारअनुसार वर्षापछिको जलमग्न अवस्थाले यातायात सेवा प्रभावित भएको छ भने एक सुरक्षा अधिकारीको गुडिरहेको गाडी सडक भासिएर खाल्डोमा छिर्न पुगेको छ ।
द्वारकामा भएको सो दुर्घटनामा दिल्ली सुरक्षा अधिकारी अश्विनी परेका हुन् । उनी एक साथी भेट्नका लागि गाडीमा गन्तब्यतर्फ जाँदै थिए । यही बीच द्वारकाको सेक्टर १८ मा उनको गाडी सडक भासिएर बनेको खाल्डोमा फस्न पुगेको थियो । सो क्रममा उनी गाडीमा एक्लै रहेका थिए भने भाग्यबस उनी गाडीबाट बाहिर निस्कन सफल भए ।
सो गाडी निकाल्न प्रहरीले क्रेनको सहायता लिएको थियो ।
@ndtvindia @DelhiPolice@dtptraffic
दिल्ली पुलिस के द्वारका इलाके ट्रैफिक पुलिस में तैनात कॉन्स्टेबल अश्वनी की कार सड़क में समा गयी, कार चला रहे अश्वनी बाल बाल बचे pic.twitter.com/cJUwlt3zyJ