०७ असार २०८३, आइतबार

मनसुन लम्बिने सम्भावना

मनसुन लम्बिने सम्भावना

यसपालाको मनसुन केही लम्बिने भएको छ । मौसम विगत केही वर्षदेखि पछाडि धकेलिँदै जाने क्रममा यो  वर्ष  असोज  मध्यसम्म  मौसम  लम्बिने  सम्भावना  छ ।
 सोहीअनुसार यस वर्षको मनसुन लम्बिने सम्भावना बलियो  बनेको  मौसमविद्  प्रतिभा  मानन्धर  बताउँछिन् । उनले भनिन्,  “पछिल्लो  समय  मनसुनको  सक्रियता  बढेको  बढ्यै  छ,  यही  अवस्था  दसैँअघिसम्म  कायम  हुनसक्ने  सम्भावनालाई  नकार्न  मिल्दैन  ।”  

यो  वर्ष  घटस्थापना असोज २१ गते रहेको छ ।औपचारिक रूपमै दस दिनपछाडिको मितिलाई मनसुन बहिर्गमनको मितिसमेत घोषणा भइसकेको छ । गत वर्षसम्म सेप्टेम्बर २३ मनसुन अन्त्य हुने मितिका रूपमा गणना हुँदै आएको थियो । यस वर्षदेखि अक्टुबर २ लाई अबको दस वर्षसम्मका मनसुनको अन्तिम मिति तय गरिएको छ । अक्टुबर २ यो वर्ष असोज १६ गते पर्छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्