०४ साउन २०८३, सोमबार

दार्जिलिङमा तनावको स्थिति कायमै, हिंसा रोकियो

कात्तिक २०, २०७४
दार्जिलिङमा तनावको स्थिति कायमै, हिंसा रोकियो

काठमाडौं, २६ जेठ — भारतको दार्जिलिङमा शुक्रवार पनि तनावको स्थिति कायम रहेको छ । गोर्खा जनमुक्ति मोर्चा (गोजमो) का समर्थकले बिहीवार प्रहरीसँगको भिडन्तमा प्रहरीको वाहन भत्काएको र आगो लगाएको आरोप छ ।
हिंसाका ताजा घटना भने भएका छैनन् ।


गोजमोले शुक्रवार १२ घन्टे आमहडताल घोषणा गरेपछि दार्जिलिङ ठप्प छ ।

सेनाले कालिम्पोङ, दार्जिलिङ र खर्साङमा झण्डा मार्च गरेको छ । गोजमोका कार्यकर्ताले बिहीवार प्रहरीमाथि ढुंगामुढा गरेको र आगजनी गरेकोले १५ जना घाइते भएका छन् ।

रक्षा मन्त्रालयका एक प्रवक्ताले सेनाका ६ पंक्ति परिचालित गरिएको बताए । तीमध्ये तीन दार्जिलिङमा, दुई कालिम्पोङमा अनि एक खर्साङमा छन् । प्रत्येक पंक्तिमा ४३ जवान छन् ।

नेपाली भाषा बोल्ने दार्जिलिङवासीमाथि पाठ्यक्रममा बंगाली भाषा थोपरिएको विरोधमा आन्दोलन भइरहेको हो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्