११ असार २०८३, बिहीबार

पोर्न भिडियो बनाएर पक्राउ परेका शिल्पा शेट्टीका पति राजलाई कति वर्ष हुनसक्छ जेल ?

साउन ५, २०७८
पोर्न भिडियो बनाएर पक्राउ परेका शिल्पा शेट्टीका पति राजलाई कति वर्ष हुनसक्छ जेल ?

भारतको मुम्बई पुलिसले अभिनेत्री शिल्पा शेट्टीका पति राज कुंद्रालाई पोर्न भिडियो बनाएर प्रसारण गरेको अभियोगमा पक्राउ गरी छानबिन गरिरहेको छ ।

आरोपी राजमाथि सूचना प्रविधि (आईटी) कानून र भारतीय दण्ड संहिता अर्थात् आईपीसी अन्तर्गत छानबिन र कारबाही हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पोर्न भिडियोसँग सम्बन्धित आईटी र आईपीसी कानूनलाई भारतमा कडा मानिन्छ । 

आईटी कानून अनुसार अपराधको गम्भीरता हेरेर पहिलोपल्टलाई ५ वर्षसम्म जेल वा १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ । यस्तै अपराध दोस्रोपल्ट गरेमा जेल सजाय ७ वर्षसम्म हुनसक्ने प्रावधान भारतीय कानूनमा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्