०१ असार २०८३, सोमबार

एनआरएनएमा साधारण सदस्य विवाद उत्कर्षमा

साउन ५, २०७८
एनआरएनएमा साधारण सदस्य विवाद उत्कर्षमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको साधारण सदस्यताको विवाद उत्कर्षमा पुगेको छ ।

साधारण सदस्यता लिएका विद्यार्थीलाई कार्यसमितिका पदमा उम्मेदवार हुन वञ्चित गरिएकोप्रति एनआरएनए अन्तर्राष्ट्रिय परिषद्, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया र एनआरएनए एसिया प्रशान्त क्षेत्रको ध्यानाकर्षण समेत गराएका छन् । 

विद्यार्थीको एनआरएनएमा संस्थागत आवद्धताका विषयमा छलफल गरी उचित निष्कर्ष निकाल्न माग गरिएको छ । विभेदकारी प्रक्रियाको अन्त्य नगरिए सदस्यता खारेज गरी सदस्यताका निम्ति बुझाएको रकम पनि फिर्ता गर्न माग गरिएको छ ।
    
कार्यसमिति पदका लागि एनआरएनए कोरियाको अधिवेशनमा पटक–पटक कुरा उठाए पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

‘विदेशमा रहेका नेपालीले निरन्तर उठाउँदै आएको ‘नोट चल्ने भोट नचल्ने’ आवाज जस्तै आज हामी कोरियामा अध्ययनरत विद्यार्थीले ‘भोट चल्ने तर उमेदवारी किन नचल्ने’ भन्ने प्रश्न राख्न बाध्य भएका छौं । ‘नेपालीका निम्ति नेपाली’ भन्ने मूल नाराका साथ अगाडि बढेको गैरआवासीय नेपाली संघले विद्यार्थी नेपाली नागरिकनै नभएको जस्तो व्यवहार गरेको छ र यस्तो व्यवहारमा हाम्रो गम्भीर आपत्ति रहेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्