३२ असार २०८३, बिहीबार

जनमोर्चाका शाही प्रदेश मामिला सभापति चयन

जनमोर्चाका शाही प्रदेश मामिला सभापति चयन

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा चयन भएका छन् । 

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतविभाजन हुने दिन वैशाख १५ गते संसद छलेर एकाएक बेपत्ता भई चर्चामा आएका सांसद शाही कांग्रेस नेतृत्वको गठबन्धन दलको बहुमतपछि मंगलवार सभापति चयन भएका हुन् ।

उनले सभामुख सभामुख नेत्रनाथ अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सार्वजनिक लेखा समितिको सदस्य शाहीलाई सभापति बनाउन यसअघि प्रदेश मामिला समितिमा ल्याइएको थियो । समितिमा सत्तापक्षीय गठबन्धनका ७ र एमालेका ६ जना रहेका छन् । 

समितिमा यसअघि सभापति रहेको जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टी ह्वीपविपरीत गएपछि कारबाही गरिएको थियो । 

गत वैशाख १५ गते शाही मत विभाजनमा सहभागी नभई आफूलाई कोरोना लागेको भनी पोखराको चरक अस्पतालको कोरोना वार्डमा भर्ना भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्