०८ असार २०८३, सोमबार

भारत र श्रीलङ्का ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा ‘नो अब्जेक्सन लेटर’ देखाउनुनपर्ने

कात्तिक २०, २०७४
भारत र श्रीलङ्का ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा ‘नो अब्जेक्सन लेटर’ देखाउनुनपर्ने

काठमाडौँ, २६ जेठ
–भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशलाई ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा भने नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ अन्तर्राष्ट्रिय विमानस्थलमा देखाउनु नपर्ने अध्यागमन विभागले जनाएको छ ।

ट्रान्जिटको रुपमा नभई ती दुई देशको विमानस्थल प्रयोग गरी सिधै तेस्रो मुलुक जाने नेपाली नागरिकले भने ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने अध्यागमन विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिनुभयो ।

पछिल्लो समय भारत र श्रीलङ्का हुँदै मानवतस्करले नेपालीलाई विभिन्न मुलुकमा लगि अलपत्र पार्ने तथा महिलालाई खाडीमा लगि बेचबिखन गर्ने क्रम बढेपछि त्यसलाई रोक्न बिहीबार बसेको सरकारी संयन्त्रको बैठकले भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले सम्बन्धित दूतावासको ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।
महानिर्देशक गेलालले भन्नुभयो– हिजोको हाम्रो निर्णयले टान्जिटको रुपमा ती देशका विमानस्थल प्रयोग गर्नेले पनि त्यस्तो पत्र देखाउनुपर्ने हो कि भन्ने सन्देश गएछ, त्यस्तो होइन ।

मानव बेचबिखनको चपेटामा परी भारतमा अलपत्र नेपाली नागरिकको तत्काल उद्धारका लागि संयन्त्र निर्माण गर्न भारत सरकारसँग तत्काल समझदारी गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्