१६ असार २०८३, मंगलबार

अफ्रिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६२ लाख ६० हजारभन्दा बढी

साउन ५, २०७८
अफ्रिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६२ लाख ६० हजारभन्दा बढी

अफ्रिकामा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६२ लाख ६७ हजार ७७६ पुगेको ‘अफ्रिका सेन्टर फर कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी)’ले मङ्गलबार जानकारी गराएको छ ।

अफ्रिकी संघको स्वास्थ्य सेवा निकाय अफ्रिका सीडीसीका अनुसार महामारीका कारण अफ्रिकामा अहिले (मङ्गलबार)सम्म एक लाख ५८ हजार ६९७ को मृत्यु भएको पुष्टि गरेको छ ।

यहाँ कोभिड–१९ सङ्क्रमित ५४ लाख ७७ हजार ९३४ जना निको भई स्वस्थ जीवन बिताउन थालेका पनि उक्त संस्थाले जनाएको छ ।

अफ्रिकाका खासगरी दक्षिण अफ्रिका, मोरक्को, ट्यूनिसिया, इथियोपिया र इजिप्टमा अहिले पनि सङ्क्रमण दर निकै बढी रहेको छ । यसमध्येपनि सबैभन्दा बढी प्रभावित मुलुक दक्षिण अफ्रिका हो भने त्यसपछि उत्तरी तथा मध्य क्षेत्रका मुलुकहरू बढी प्रभाबित मुलुकहरू हुन् ।

salt training

कमेन्ट गर्नुहोस्