३१ जेठ २०८३, आइतबार

मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति

साउन ६, २०७८
मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सरकारको साझा कार्यक्रमसहित मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति भएको छ। एमाले नेता माधवकुमार नेपाललाई मंगलबार बिहान कोटेश्वरमा भेटेलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न दाहाल बालुवाटार पुगेका थिए।

दुई नेताबीच सरकारको काम प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम बनाएर अगाडि बढ्ने र मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने समझदारी बनेको हो। देउवा–दाहाल भेटमा केपी ओली नेतृत्वको सरकारले यसअघि संसद्लाई छलेर संवैधानिक निकायमा गरेका नियुक्ति खारेज गर्ने विषयमा पनि कुरा भएको छ। यो विषय कसरी समाधानमा पुर्‍याउने भन्ने निष्कर्ष निस्कन भने बाँकी रहेको स्रोतले बतायो।  

त्यसअघि कोटेश्वरमा दाहाल, एमाले नेता नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको भेटवार्तामा पनि ओली सरकारले असंवैधानिक ढंगबाट गरेका राजनीतिक नियुक्ति खारेज गर्ने विषयमा कुरा भएको थियो। नागरिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्