०१ असार २०८३, सोमबार

सचिवहरूलाई अर्थमन्त्रीले दिए तीन गृहकार्य

साउन ६, २०७८
सचिवहरूलाई अर्थमन्त्रीले दिए तीन गृहकार्य

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयनमा रहेको समस्या समाधान गर्न सचिवहरूलाई गृहकार्य दिएका छन् । सोमबार विभिन्न मन्त्रालयका सचिवसँग भेटघाट गर्दै अर्थमन्त्री शर्माले विकास बजेट खर्च हुन नसक्नुका कारण सोध्दै समस्या समाधानका उपायहरू पहिल्याउन गृहकार्य दिएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रीले पुँजीगत खर्च कम हुनुको कारण र त्यसको समाधान खोज्न सम्बन्धित मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । चालू आर्थिक वर्षमा पुँजीगत खर्च शतप्रतिशत नै हुनुपर्ने भन्दै अर्थमन्त्रीले बहाना नचल्ने पनि बताए ।

विकास खर्च धेरै भएका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, शहरी विकास तथा ऊर्जा मन्त्रालयको खर्च गर्ने क्षमतामा ह्रास आएका कारण पनि पछिल्ला वर्षहरूमा बजेट खर्च संकुचित हुँदै गएको छ । साथै, आयोजनामा स्थानीयको सहभागिता तथा अनुगमनको कमिका कारण पनि खर्च हुन सकिरहेको छैन ।

त्यसैले अर्थमन्त्रीले सचिवहरूसँग मुख्य रुपमा तीन कुराको गृहकार्य गर्न निर्देशन दिएको स्रोतले जनाएको छ । ‘के कारणले पुँजीगत खर्च हुन सकेन ? असारमा खर्चको अनुपात बढी हुनुको कारण के हो ? र कसरी खर्च गर्न सकिन्छ ?’ भन्ने विषयमा खोजी गरेर मन्त्रालय, प्रधानमन्त्री कार्यलय तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउन अर्थमन्त्रीले निर्देशन दिएका छन् । साथै कर्मचारीले चाहे जसरी काम गर्न नसक्नुका पछाडि रहेका कारणसमेत आफूलाई जानकारी गराउन आग्रह गरेको स्रोतले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्