०१ असार २०८३, सोमबार

अमेरिकालाई चुनौती दिन रुसले ल्यायो सुखोई चेकमेट फाइटर जेट

साउन ६, २०७८
अमेरिकालाई चुनौती दिन रुसले ल्यायो सुखोई चेकमेट फाइटर जेट

अमेरिकालाई चुनौती दिने उद्देश्यका साथ रुसले सुखोई चेकमेट नामक घातक फाइटर जेट सार्वजनिक गरेको छ । 

पाँचौं पुस्ताको यस विमानले आकाशमा अमेरिकाको अत्याधुनिक एफ–३५ विमानलाई टक्कर दिनेछ । रुसका अनुसार, यो फाइटर जेट शत्रुको अत्याधुनिक राडारलाई झुक्याउन सक्षम छ र सुपरसोनिक गतिमा उड्न सक्छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एमएकेएस–२०२१ एयर शोमा यस विमानको अवलोकन गरेका छन् । विमानलाई रुसको चर्चित कम्पनी सुखोईले बनाएको हो । 

यसलाई लाइट ट्याक्टिकल विमान भनिएको छ । रुसले यसको निर्माण निकै द्रुत गतिमा गरेको छ । 

एउटा इन्जिन भएको सुखोई चेकमेट विमानभित्र हतियार लुकाउन मिल्छ र राडारमा आउँदैन । 

यस फाइटर जेटमा आर–७३ एन्टीएयर मिसाइल, आर–७७ एन्टीएयर मिसाइल र केएच–५९ एमके एनटी शिप क्रुज मिसाइल लगाइनेछ । 

यस विमानले आकाशमा आधिपत्य कायम गर्नका लागि र जमीनमा रहेको शत्रुको लक्ष्यलाई निशाना बनाउन सक्छ । त्यति मात्र नभई यसले मिसाइल आकारको ड्रोन पनि बोक्न सक्छ । 

यो विमान २.२ म्याक स्पीडमा ५४ हजार फीटको उचाइमा उड्न सक्छ । 

यसले अमेरिकाको एफ–३५ विमानलाई जोडदार टक्कर दिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्