
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीहरूलाई आधुनिक औजार तथा उपकरणहरु प्रदान गरेको छ ।
आरन व्यवसाय लोप हुँदै गर्दा त्यसको आधुनिकीकरणको लागि नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरु निःशुल्क उपलब्ध गराएको हो ।
कृषि क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने आरन व्यवसायलाई समयसापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरू उपलब्ध गराएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।
नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा बुधवार आठजना आरन व्यवसायीलाई औजार तथा उपकरणहरु प्रदान गरेको हो । नगरपालिकाले व्यवसायीलाई ड्रिल मेसिन, पंखा, बेल्डिङ मेसिन, गेलेन्डरलगायतका औजार प्रदान गरेको हो ।